नाबालक दश दिनदेखि बेपत्ता

Manoj-Thamiदोलखा, १ असार । सदरमुकाम चरिकोटबाट एक नाबालक दश दिनदेखि बेपत्ता भएका छन् । चरिकोटस्थित मोर्डन बोडिङ स्कुलको कक्षा २ मा अध्यानरत छात्र मनोज थामी जेठ २१ गते सदरमुकामको सिम्पानीबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्लाको सुस्पाक्षमावती–५ गुम्साङ घर भइ सदरमुकाममा डेरा गरी बस्ने सुन्दर थामी र लक्ष्मी थामीको छोरा मानोज २१ गते बिहाना ६ बजे ट्वाइलेट जान्छु भनी कोठाबाट निस्किएपछि हालसम्म उनको अवस्था अज्ञात गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कैलाश राईले बेपत्ता भएको भनिएको बच्चाको खोजी गर्नका लागि आफ्ना मातहत प्रहरी युनिटमा लिखित जानकारी गराइ खोजी कार्य तीव्र बनाउन निर्देशन दिएको र अञ्चल प्रहरी कार्यालयलाई फोटोसहित जानकारी गराएको बताए । जिप्रका दोलखाले राष्ट्रिय र स्थानी सञ्चार मध्यम प्रचारप्रसार गरिदिन अपिल गरेपछि उनका परिवारले प्रहरीको पत्रसहित दोलखाका सञ्चारकर्मीलाई जानकारी गराएका छन् । बेपत्ता भएका थामीका आमा बाबु सदरमुकामस्थित फर्निचर कारखानामा मजदुरी गर्दै आएका छन् । दुई वर्षअघि जोगीया महराको छोरा १२ वर्षीय सञ्जय महराको अपहरणपछि भारतमा पुर्‍याइ हत्या भएको थियो ।

प्रतिक्रिया