बस्ती क्षेत्रमा कालोपत्र गर्न माग

काठमाडौं, १ असार । काठमाडौंको जरसिंहपौवादेखि सिन्धुपालल्चोकको फट्केश्वरसम्म निर्माण भइरहेको सडक पहिला बस्ती क्षेत्रमा कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । गाउँ छाडेर जंगलमा पिच गरेको भन्दै स्थानीयले पहिला गाउँ क्षेत्रमा कालोपत्रे गर्न माग गरेका हुन् ।

नाङ्लेभारेको पांग्रेबासदेखि सिन्धुपाल्चोकको सीमासम्म ५ किलोमिटिर पिच गर्ने ठेक्का पाएको लोहनी एन्ड ब्रदर्सले बस्ती क्षेत्रमा पिच नगरेकाले छारोधुलो उडेर स्वास्थ्यमा पसर परेको भन्दै स्थानीयले गाउँक्षेत्रमा पहिला पिच गर्न माग गरेका हुन् । गाउँमा पिच नभएसम्म जंगलमा पिच गर्न नदिन स्थानीयले छापभन्ज्याङ–फट्केश्वर खण्डको काममा अवरोध गरेका छन् । स्थानीय दीपक आचार्यले भने, ‘बस्ती इलाकामा छाडेर जंगलमा पिच गर्नाले हामी सशंकित भएका छौँ । आजभोलि भन्दै बस्तीमा पिचै नगरी ठेकेदार जानसक्ने भएकाले अवरोध गरेका हौँ ।’ लोहनी एन्ड ब्रदर्सका ध्रुव भट्टराईले चाँडै बस्तीमा पनि पिच गरिने बताए ।
स्थानीयलाई काममा अवरोध नगर्न आग्रह गर्दै चाँडै बस्तीमा पिच गर्ने उनले दाबी गरे । १३ किलोमटिर पिचका लागि जिविस काठमाडौंमाफर्त ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना परियोजनाले काम गरिरहेको छ । निर्माणका लागि परियोजनाले १३ करोड रुपियाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया