राष्ट्रपतिद्वारा निर्वाचन अध्यादेश प्रमाणीकरण

2070.2.31 adhyadesh-3काठमाडौं, ३१ जेठ । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभा सदस्य निर्वाचन अध्यादेश–२०७० प्रमाणीकरणसहित जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासले आज (शुक्रबार) अध्यादेश जारी गरेको हो ।
अध्यादेशमा फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउन नहुनुका साथै न्यूनतम मतको व्यवस्था समेत राखिएको छैन ।
सरकारले बिहीबार बेलुका सो अध्यादेश स्वीकृतिका लागिराष्ट्रपति समक्ष सिफारीस गरेको थियो । संविधानसभा निर्वाचन मंसिरको चार गते हुने कार्यक्रम छ ।

प्रतिक्रिया