चलचित्रमा अभिनय गर्दिनँ

Nabinaनवीना बस्नेत मिस युएसए २०११ की विजेता हुन् । युएसएमा बसोबास गर्ने युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले इ–प्लानेटले सोही वर्षबाट आयोजना गरेको प्रतियोगिताको पहिलो विजेता नै उनी बन्न सफल भइन् । अध्ययनका सिलसिलमा २००८ मा युएसए पुगेकी बस्नेत अचेल अध्ययनका साथै फेसन मोडलिङमा समेत क्रियाशील छन् । अभिनयमा रुचि भए पनि नेपाली चलचित्रमा अभिनय नगर्ने सोच भने उनको छैन । राम्रो म्युजिक भिडियो पाए अभिनय गर्ने सोच रहेको उनी बताउँछिन् । केही दिनका लागि मिस युएसए तेस्रो संस्करण प्रचार–प्रसारका सिलसिलामा भर्खरै नेपाल आएकी बस्नेतसँग सौर्यले गरेको कुराकानीको केही अंश ।
अचेल केमा व्यस्त हुनुहुन्छ ?
मिस नेपाल युएसएको तेस्रो संस्करण सुरु हुँदै छ । अचेल त्यसकै प्रचार–प्रसारमा व्यस्त छु । प्रचार–प्रसारकै सिलसिलामा अहिले केही दिनका लागि नेपाल आएकी हुँ ।
पहिलोपटक आयोजना भएको मिस नेपाल युएसएमा भाग लिने सोच कसरी पलायो ?
ब्युटी प्रतियोगिता मलाई सानैदेखि मन पथ्र्यो । ती प्रतियोगितामा आफू सहभागी नभए पनि प्रतियोगीबारे जानकारी लिन्थँे । यस्ता ब्युटी प्रतियोगिताले आफूमा रहेको प्रतिभा निखार्ने काम गर्छ भन्ने मैले राम्ररी बुझेकी थिए । त्यसैले आºनो ट्यालेन्ट निखार्ने उद्देश्यले यो प्रतियोगितामा भाग लिएको म, विजेतासमेत बनँे ।
पहिलो कार्यक्रम भएकाले सहभागिता न्यून थियो होला नि ?
पहिलोपटक युएसएमा आयोजित यो प्रतियोगितामा सहभागीका संख्या केही कमै हो तर न्यून होइन । २७ प्रतिस्पर्धीको सहभागिता रहेको यो कार्यक्रममा उपाधिका लागि भने कडा प्रतिस्प्रर्धा गर्नुपरेको थियो ।
कार्यक्रम कस्तो भयो त ?
पहिलोपटक आयोजित कार्यक्रम भएर होला, कमी–कमजोरी धेरै थिए । दु:ख पनि पाइयो । युएसएमै रहँदा त्यहाँ बस्ने नेपालीसँग भेट हुने मौका मिलेको थियो । कार्यक्रमले सबैसित भेट्ने अवसर मिल्यो । एक किसिमले भन्ने हो भने रमाइलो नै भयो ।
मिस युएसएको उपाधि जित्दा कस्तो अनुभूति भयो ?
विदेशी मुलुकमा पहिलोपटक आयोजित कार्यक्रमको उपाधि हात पर्दा सपना साकार भएजस्तो लाग्यो । खुसीको सीमा रहेन । उपाधिले आफूमा जिम्मेवारी थपिएको महसुस गरेँ । देशका लागि केही गर्ने सोच पलायो ।
अन्तर्राष्ट्रिय ब्युटी प्रतियोगितामा सहभागी हुने सोच छ कि छैन ?
म युएसए अध्ययनका लागि गएकी हँ । मेरो पहिलो प्राथमिकता अध्ययन नै हो । अध्ययन पूरा गर्नुपर्ने कारणले अन्तर्राष्ट्रिय प्रतियोगितातिर ध्यान दिन भ्याएकी छैन । पहिले अध्ययन सकाँै अनि त्यसतर्फ सोचौँला ।
अध्ययनपछि के गर्ने सोच छ ?
ममा बच्चादेखि नै फेसनप्रति लगाव छ । अध्ययन पूरा भएपछि फेसनसम्बन्धी काम गर्छु । युएसएमा पनि अहिले फेसनसम्बन्धी मोडलिङ गर्दै छु ।
ब्युटी प्रतियोगिताका विजेता प्राय: अभिनयमा प्रवेश गरेका छन् । तपार्इंको अभिनयमा आउने सोच छ कि छैन ?
अभिनयमा रुचि छ । तर, म्युजिक भिडियोमा मात्र काम गर्छु । म्युजिक भिडियो पनि थोरै तर राम्रा–राम्रा गर्ने सोच छ ।
चलचित्र अभिनयको अफर आयो भने नि ?
चलचित्र अभिनय गर्दिनँ । किनभने चलचित्र अभिनयमा मेरो रुचि छैन । अर्काे कुरा नेपाली चलचित्र अभिनय गरेर आºनो भविष्य उज्ज्वल बनाउन पनि सकिँदैन । फेरि यो क्षेत्र बदनाम पनि भएको छ ।
ब्युटी प्रतियोगीको विजयीलाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ त ?
अहिले नेपालमा च्याउसरी ब्युटी प्रतियोगिता आयोजना हुने गरेका छन् । त्यसैले पनि स्वदेशमा यसको गरिमा घट्दै गएको छ । तर, युएसएमा भने यस्ता प्रतियोगिताको धेरै इज्जत छ । यस्ता प्रतियोगिताका विजेताले थुप्रै अवसर पाउँछन् ।
Nabinasग्ल्यामर फिल्डबाट परिचत हुनुभएको छ, तपाईंको विचारमा ग्ल्यामर के हो ?
ग्ल्यामर एउटा फेसन हो । यसबाट अरूलाई आर्कर्षित गर्न सकिन्छ ।
नेपाली चलचित्र त हेर्नुहुन्छ होला नि ?
हेर्छु । प्राय: सबै भन्दिनँ, केही चलचित्र हेर्ने गरेकी छु । अहिले नेपाली चलचित्र पहिलेको तुलनामा निकै राम्रा बन्न थालेका छन् । अभिनयमा पनि निकै राम्रा नयाँ कलाकार भित्रिएका छन् । तर, चलचित्र क्षेत्र जुन स्थानमा पुग्नुपर्ने हो । सो पुग्न सकेको छैन । प्रगतिभन्दा पनि बदनामीतिर चलचित्र क्षेत्र उन्मुख भएको छ । यसलाई सुधार्नु जरुरी छ ।
भविष्यको योजना पनि त होला नि ?
भविष्यमा समाज सेवा गर्ने इच्छा छ । समाज सेवामा पनि बालबालिकाका लागि बालगृह चलाउने सोच छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया