नारी सचेतना

देउखुरी : बिधवा महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको लमहीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बिधवा महिला सरोकार केन्द्र दाङको आयोजना एवं जिल्ला विकास समितिको सहयोगमा सञ्चालित नारी सचेतना अभियानअन्तर्गत भएको महिला सचेतना तथा क्षमता विकास तालिममा सहभागीले सो कुरामा जोड दिएका हुन् । क्षेत्र नम्बर एककी उपाध्यक्ष गंगा खड्काको अध्यक्षता एवं मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लमहीकी अध्यक्ष गोमा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ऋषिराज जंगलीले प्रशिक्षण दिएका थिए । पार्वता घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रकी अध्यक्ष हुमा डिसीले गरेकी थिइन् । यसअघि यस्तै कार्यक्रम राजपुर र श्रीगाउँमा सम्पन्न भइसकेको छ । (सौस)

प्रतिक्रिया