‘पार्टी संस्थागत रुपमा चलाउनु पर्छ’

mao officeकाठमाडौं, ३० जेठ । एकीकृत माओवादीलमा हेटौंडा महाधिवेशनको म्याण्डेट अनुसार पार्टीलाई संस्थागत रुपमा चलाउनु पर्ने माग उठेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (बिहीबार) बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले महाधिवेशनको निदृष्ट अनुसार संगठनात्मक रुपमा चल्नु पर्ने सुझाव दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘महाधिवेशनले निदृष्ट गरेको संगठनात्मक, संरचनाभित्र सबै संरचनाहरु बनाईनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई व्यक्तिगत रुपमा नभई संस्थागत ढंगले चलाउनु पर्छ ।’
बैठकमा प्रस्तुत भएका विभिन्न प्रस्तावहरुमा सदस्यहरुले धारणा राखेका थिए । बैठक भोलि शुक्रबार बिहान ११ बजे पुन: बस्ने गरेर सकिएको छ ।
लीलामणि पोखरेल, नवराज सुवेदी, लोकेन्द्र बिष्ट, डिलाराम आचार्य, विश्वभक्त दुलाल, नारायण दाहाल, हरिबोल गजुरेल, अग्नि सापकोटा, चित्रबहादुर श्रेष्ठ, गणेशमान पुन, राम कार्की, एनके प्रसाईलगायत धारणा राखेको एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया