माछा मार्न लाइसेन्समा कडाइ

चितवन : नारायणी नदीमा माछा मार्नका लागि प्रदान गरिने लाइसेन्समा कडाइ गरिने भएको छ । नारायणी नदीमा अनियन्त्रित रूपमा माछा मार्ने क्रम बढ्न थालेपछि निश्चित समुदायलाई मात्रै लाइसेन्स प्रदान गर्ने निकुञ्जले योजना अगाडि बढाएको हो ।

नारायणी नदीमा पूर्ण आश्रित बोटे, माझी, मुसहर समुदायका साथै अन्य जाति तथा समुदायले पनि माछा मार्ने क्रम बढ्न थालेपछि निकुञ्जले यसमा कडाइ गर्न लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए । चितवन राष्ट्रिय निकुञ्जले प्रदान गर्दै आएको माछा मार्ने लाइसेन्स अब बोटे, माझी, मुसहर समुदायलाई मात्रै वितरण गरिने पनि प्रमुख संरक्षण अधिकृत कुँवर बताउँछन् । यसैबीच, माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीले निकुञ्ज सवालमा १७ बँुदे मागसहित निकुञ्ज प्रशासनमा ज्ञापनपत्र पेस गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख संरक्षण अधिकृत कुँवरले मागका विषयमा छिट्टै निर्णय गरिने आश्वासन दिएका छन् ।

 

प्रतिक्रिया