डोटीमा फेरि हलिया प्रथा सुरु

डडेल्धुरा, ३० जेठ । सरकारले हलियामुक्त घोषणा गरे पनि डोटी जिल्लाको पचनाली–६ का ७९ जनाले फेरि मालिकको हलो जोत्न सुरु गरेका छन् । मुक्त हलियाको परिचयपत्रसमेत पाएका ४८ जना व्यक्तिले पुन: अरूको हली भएर बस्न थालेका हुन् । सरकारले मुक्त हलिया घोषणा गरी परिचयपत्र दिएको केही समयसम्म हलिया बस्न छोड्ेको भए पनि आर्थिक अभावले गर्दा फेरि पुरानै साहुको हलिया बस्न थालेका हुन् । सरकारले मुक्त हलिया घोषणा गरेर आफूहरूको गाँस खोसेको हलियाहरूको भनाइ छ । हलिया नन्ना सार्कीले सरकाले पुनस्र्थापन गर्ने भन्दैमा पाँच वर्ष बिते पनि त्योभन्दा मालिकै गोरू जोत्नु ठीक भएको बताए । उनले भने, ‘सरकारले दिएको मुक्त हलियाको परिचयपत्रले पेट नभरिने र परिवार आफँै नपालिने भएकोले बरू मालिकको गोरू जोत्दा पेट भर्न पाइएको छ ।’

नन्ना अहिले स्थानीय टीका मल्लका हलिया रहेका छन् । बुबा रैभान सार्कीको समयदेखि टीका मल्लको हलिया बस्दै आएको उनले बताए । मुक्त हलिया घोषणा गरेदेखि नै आफूले ऋण मिनाहा गरेर हलो नजोत्न भने पनि उनीहरूले नमानेको मालिक टीका विष्टले बताए ।
हलिया मुक्त घोषणा गर्नका लागि विभिन्न संघसंस्था लागि परेका छन् ।

प्रतिक्रिया