पाँच जिल्लाका ३० पूर्वकमलरी प्रवेशिका उत्तीर्ण

slcदेउखुरी, ३० जेठ । गत वर्षभन्दा यस वर्ष एसएलसीको नतिजा खस्किएको प्रभाव मुक्त कमलरीको नतिजामा पनि देखिएको छ । परीक्षा दिएका मध्ये कम पास भएका छन् । २०६९ सालको एसएलसी परीक्षामा दाङसहित पश्चिम नेपालका पाँच जिल्लाका ३० जना मुक्त कमलरी भए । परीक्षामा सहभागी पाँच सय ८९ मध्ये तीन जना प्रथम श्रेणी र नौ जना द्वितीय श्रेणीमा पास भएका हुन् । त्यसैगरी पाँच जना तृतीय श्रेणीमा पास भएको मुक्त कमलरी विकास मञ्च दाङले जनाएको छ । गत वर्षभन्दा यस वर्ष परीक्षामा सहभागी मुक्त कमलरी कम पास भएका छन् ।

दाङबाट परीक्षामा दुई सय ४८ जना सहभागी थिए । जस मध्ये ६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा एक जना, द्वितीय श्रेणीमा दुई जना र तीन जना तृतीय श्रेणीमा पास भएका छन् । १६ जनाले मौका परीक्षा दिने पाउने छन् । दाङबाट प्रथम श्रेणीमा सविता चौधरी पास भइन् । बर्दीया जिल्लामा सहभागी एक सय ६५ मध्ये दश जना उत्तीर्ण भएका छन् । दुई जना प्रथम श्रेणीमा, सात जना द्वितीय श्रेणी र एक जना तृतीय श्रेणीमा पास भएका छन् । १४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् । कञ्चनपुर जिल्लामा सहभागी १४ जनामध्ये चार जना उत्तीर्ण भएका छन् । तीन जना द्वितीय श्रेणी र एक जना तृतीय श्रेणीमा पास भएका छन् ।
बाँके जिल्लामा भने नतिजा शून्य आएको छ । परीक्षामा ४४ जना सहभागी थिए । कैलालीबाट एक सय १८ जना सहभागीमध्ये १० जना उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाको श्रेणी भने थाहा हुन नसकेको कमलरी मुक्तीका लागि साझा मञ्चका सहायक कार्यक्रम प्रबन्धक सुरूज बुढाथोकीले जानकारी दिए । ‘नतिजा खस्कदो आएको छ, त्यसको प्रभाव मुक्त कमलरीको नतिजामा पनि परेको छ,’ बुढाथोकीले भने, ‘मुक्त कमलरीहरूको नतिजा खस्कदो देखिए पनि सन्तोषजनक छ ।’
सामुदायिकबाट आचार्य र निजीबाट पोख्रेल प्रथम
२०६९ सालको एसएलसी परीक्षामा देउखुरी क्षेत्रको सामुदायिक विद्यालय फल्कापुर उच्चमाविमा अध्ययनरत सागर आचार्य देउखुरी प्रथम भएका छन् । त्यसैगरी निजी विद्यालयबाट लालमटीयाको मुनलाइट उच्चमाविकी रक्षा पोख्रेल देउखुरी प्रथम भएकी छिन् । सामुदायिक विद्यालय फल्कापुरमा अध्ययरत आचार्यले ८१ दशमलव २५ प्रतिशत अंल ल्याएका छन् भने मुनलाइट उच्चमाविकी पोख्रेलले ८४ दशमलव पाँच प्रतिशत अंक ल्याएकी विद्यालयका प्राचार्य मीनबहादुर बुढाथोकीले जानकारी दिए ।

 

प्रतिक्रिया