बाली र पशु बीमाको काम थाल्न निर्देशन

Shankar-Koiralasकाठमाडौं, २९ जेठ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बाली र पशु बीमाको काम तत्काल थाल्न बीमा समितिलाई निर्देशन दिएका छन् ।
बीमा समितिको निरीक्षणपछि आज (बुधबार) सञ्चालक समिति र कर्मचारीहरुलाई निर्देशन दिँदै कोइरालाले सरकारको निर्णयलाई ठट्टा नसम्झन सचेत गराए । नियमक निकायले अरुलाई दोष दिएर आफू पन्छिन नमिल्ने उनले बताए । ‘ बाली र पशु बीमाका लागि विज्ञ समूह बनाएर तत्काल काम थाल्नुस्,’ उनले भने ।
उनले बीमा सुधारका लागि नीतिगत, प्रक्रियागत र कानूनी प्रक्रिया सुल्झाउन सरकार तयार रहेको बताए ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले बीमा कम्पनीहरुलाई एकद्वार प्रणालीमा ल्याउन सुझाव दिए । संस्थानको लेखापरीक्षण नहुनु दुर्भाग्यपूर्ण भएको बताएका उनले संस्थाहरुलाई ठीक पार्न छुट्टै ठगी नियन्त्रण ब्यूरो स्थापना हुनुपर्ने बताए ।
नेपालमा हाल २५ बीमा कम्पनी छन् । कुल जनसंख्या मध्ये ४ प्रतिशतले मात्रै बीमा गरेका छन् ।

प्रतिक्रिया