७५ जिल्लामा गोरु काट्ने शेर्पाको चेतावनी

Ang-Kaji-Sherpa-Sourya-Dailकाठमाडौं, २९ जेठ । आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पाले मरेको गोरुको मासु खाएको विषयलाई लिएर आफ्ना समर्थकलाई प्रशासनले झूट्ठा मुद्दा लगाएको आरोप लगाएका छन् ।
शेर्पाले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेर धर्मनिरपेक्ष भईसकेको मुलुकमा गाई र गोरुको मासु खान पाउनुपर्ने माग गरे ।
उनले प्रहरी, प्रशासन र हिन्दूआतिवादीको ज्यादती बढ्दै गएको आरोप लगाएका छन् । ‘७५ जिल्लाको सिडिओ कार्यालय अगाडि गोरु काटेर हिन्दू राजाले बनाएको कानूनलाई चुनौती दिन हामी बाध्य हुनेछौ ।’
‘हिन्दू राजा र हिन्दू राज्य हुँदा वखत बनाएको कानून प्रयोग गरेर अतिहिन्दूवादीले दिएको मौखिक उजुरीको आधारमा गाउँका सोझा सिधा आदिवासी जनजातिलाई गाई मारेको झूठो मुद्दा लगाएर गिरफतार गर्ने कार्य तत्काल बन्द गरियोस,’ उनले भनेका छन् ।
गाई मारेर मासु खाएको आरोपमा स्थानीय प्रशासनले झापामा जलथल–७ का मनप्रसाद लिम्बू, नरप्रसाद घिसिङ र धनकुमार मोक्तानलाई पक्राउ गरेको थियो । झापामा उनीहरु पक्राउ परे पछि शेर्पा आक्रोशित भएका हुन् ।
पूर्व महासचिव शेर्पाले भनेका छन्, ‘हिन्दूवादी धर्मनिरपेक्ष विरोधी झापाका सिडिओलाई तत्काल गृह मन्त्रालयमा फिर्ता बोलाइयोस् ।’
हिन्दू राजाले बनाएको र धर्म निरपेक्ष राज्यसँग बाँझिएको कानून खारेज गर्नु पर्छ,’ उनले भनेका छन्, ‘धर्म निरपक्ष राज्यसँग बाँझिएको सबै ऐन कानून संशोधन गरियोस ।’
शेर्पाले आदिवासी जनजातिलाई हिन्दूकरण गर्ने कार्य तत्काल बन्दा गर्न चेतावनी दिएका छन् । ‘आदिवासी जनजाति घर/घरमा हिन्दू पाठपूजा गरेर हिन्दूकरण गर्न खोज्ने वाहुन पुजारीमाथि कडा कारवाही गरियोस ।’
आफ्ना विवादास्पद अभिव्यक्तिका कारण समय/समयमा चर्चामा आउने शेर्पाले पुन: उट्पट्याङ स्टाट्स लेखेका छन् । फेसबुकमा उनको स्टाट्सको विरोध र समर्थन दुबै देखिएको छ ।

……………….
मरेको गोरुको मासु खाएकोलाई गाई मारेको झूठो मुद्धा लगाएर झापामा तामाङ र लिम्बु गिरफतार !

(1) हिन्दु राजा र हिन्दु राज्य हुदा वखत बनाएको कानुन प्रयोग गरेर अतिहिन्दुवादीले दिएको मौखिक उजुरीको आधारमा गाउँका सोझा सिधा आदिवासी जनजातिलाई गाई मारेको भूmठो मुद्धा लगाएर गिरफतार गर्ने कार्य तत्काल बन्द गरियोस ।

(2) झापामा गिरफतार भएका जलथल–७ बस्ने मनप्रसाद लिम्बू, नरप्रसाद घिसिङ र धनकुमार मोक्तानलाई विना शर्त रिहा गरियोस ।

(3) हिन्दुवादी धर्मनिरपेक्ष विरोधी एमालेको नेता प्रदीप नेपालको भाई झापाको सिडिओलाई तत्काल गृह मन्त्रालयमा फिर्ता बोलाइयोस ।

(4) आदिवासी जनजातिलाई विभिन्न वहनामा गिरफतार गरेर दुख दिने एस पी र डि एस पी माथी कडा कारवाही गरियोस ।

(5) हिन्दु राजाले बनाएको र धर्म निरपेक्ष राज्यसंग बाँझिएको कानुन खारेज गरियोस । धर्म निरपक्ष राज्यसंग बाँझिएको सबै ऐन कानुन सशोधन गरियोस ।

(6) सबै आदिवासी जनजातिलाई आफ्नो धर्म परम्परा र सस्कृतिको स्वतन्त्रपूर्वक प्रयोग गर्ने अधिकार ग्यरेण्टी गरियोस ।

(7) आदिवासी जनजातिलाई हिन्दुकरण गर्ने कार्य तत्काल बन्दा गरियोस । आदिवासी जनजाति घर घरमा हिन्दु पाठपूजा गरेर आदिवासी जनजातिलाई हिन्दुकरण गर्न खोज्ने वाहुन पुजारीमाथी कडा कारवाही गरियोस ।

(8) प्रहरी, प्रशासन र हिन्दुआतिवादीको ज्यादती यसरी बढदै जानेहो भने ७५ जिल्लाको सि डि ओ कार्यालय अगाडी गोरु काटेर हिन्दु राजाले बनाएको कानुनलाई चुनौती दिन हामी बाध्य हुनेछौ ।

धर्मनिरपेक्ष नेपाल जिन्दावाद – जिन्दावाद !
हिन्दु राजाले बनाएको गौहत्य सम्बन्धि कानुन खारेज गर – खारेज गर !
आदिवासी जनजातिलाई हिन्दुकरण गर्न पाईन्दैन -पाईन्दैन !

 

प्रतिक्रिया