परिवर्तनकारी शक्तिबीच एकता आवश्यक : दाहाल

prachandaपाँचथर :  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको संघीयता र संघीयतासहितको जनवादी संविधान निर्माणका लागि परिवर्तनकारी वामपन्थी शक्तिको मोर्चाबन्दी गरीअघि बढ्नु पर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सदरमुकाम फिदिममा पार्टीको जनवर्गीय संगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको पाँचाँै राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । दाहालले पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा माओवादी पार्टीले बहुमत हासिल गरे पनि दुई तिहाई बहुमत पुर्‍याउन नसक्दा यथास्थितिवादी शक्तिले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न नदिएका कारण संविधानसभा विगठन भएको दाबी गरे । ‘१० वर्षे जनयुद्धको बलबाट एकात्मक र निरंकुश राज्यको निर्माण गरेको पृथ्वीनारायण शाहको राज्य सत्ताको संरचनालाई तोडेर अहिले देशमा गणतन्त्र स्थापना गर्न सफल भएका छौँ । अब यसलाई संस्थागत गर्न र देशलाई समृद्ध बनाउन नेपालमा सम्पूर्ण वामपन्थीको मोर्चा बनाई शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गरी साझा मुद्दालाई एक साथ अघि बढाएर लगिए मात्रै यथास्थितीवादीहरूलाई परास्त गर्न सकिन्छ,’ उनले भने ।
उनले हेटौंडा महादिवेशनपछि दुई ठूला छिमेकी मुलुक चीन र भारतको भ्रमण गर्दा आफूले तृदेशीय हितका लागि नेपाल, भारत र चीनको नाकामा तीनवटा ठूला राजमार्गको निर्माण गर्नु पर्ने र त्यसले मुलुकलाई समृद्ध र तीनै मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने चीन र भारतका प्रतिनिधिहरूसँग प्रस्ताव राखेको बताए ।
त्यस्तै पार्टीका पूर्वीब्युरो इन्चार्ज गिरिराजमणि पोखरेलले संधानसभा निर्वाचानलाई सामान्य ठान्नु नहुने तर्क गर्दै देशमा आर्थिक हस्तक्षेप नगरे पहिचानको आन्दोलन स्थापित हुन नसक्ने दाबी गरेका छन्  । यस्तै, कोचिला राज्य समिति इन्चार्ज गोपाल किरातीले उच्चजातीय अहंकारवादले देशको हित नहुने भन्दै पहिचान स्थापितका लागि आन्दोलनमा होमिएका शक्तिलाई सम्यम हुन आग्रह गर्दै लिम्बुवान, खम्बुवान र कोच भन्दैमा अन्य जाती नतर्सिन आग्रह गरे । मोर्चाको बन्दसत्र दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।  (सौस)

प्रतिक्रिया