मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

imagesभक्तपुर , २८ जेठ । भक्तपुर जिल्लाको दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । चाँगनारायणबाट झौखेल तर्फ आउदै गरेको वा २ ख ६५१५ न.को मिनि ट्रकले विपरीत दिशा तर्फ जादै गरेको वा२१प ६३८४ न.को मोटरसाईकलाई ठक्कर दिदा चाँगु–९ बस्ने सन्जु भडेल उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै आज चारदोवाटो ठिमी चोकमा भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको वा ३ च ५३७५ न.को ओम अस्पताल चावहिलको एम्वुलेन्सले सोही दिशा तर्फ जादै गरेको वा४०प ५०७९ न.को मोटर साइकललाई ठक्कर दिदा कास्की सिदार्थ–६ शिवशरण रेग्मीको मृत्यु भएको छ ।

 

प्रतिक्रिया