काठमाडौं, २८ जेठ । निर्वाचन कानूनलाई लिएर प्रमुख दलहरुका बीच विवाद भईरहेका बेला अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाले अध्यक्ष झलनाथ खनालबीच भेटबार्ता भएको छ ।
सिंहदरबारमा आज (मंगलबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन कानून र अन्य विविध विषयमा परामर्श भएको हो । अध्यक्ष रेग्मीले भेटमा दलहरुले निर्वाचन कानून, मिति घोषणमा सहयोग गर्न आग्रह गरेको उनको निजी सचिवायले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका अध्यक्ष खनालले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई सबैलाई मान्य हुने उपयुक्त कानूनका लागि अध्यादेश सिफारीस गर्न सुझाव दिए ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच न्यूनतम मत, फौजदारी अभियोग लागेका नेतालाई उम्मेद्वारा बन्न दिन नहुँने, उम्मेद्वाराको सम्पत्ति विवरण बुझाउनु पर्नेलगायतका विषयमा विवाद छ ।
प्रतिक्रिया