धुवाँरहित चुहो बनाउन माटोमा घोटिँदै महिला

सिरहा, २८ जेठ । सन्हैठा र लक्ष्मीनिया गाविस समितिका १८ जना महिला वृत्ती विकासका लागि सुधारिएको चुलो प्रबर्धक तालिममा व्यस्त छन् । सुधारिएको चुलोको विशेषता थाहा पाएपछि तालिममा सहभागी महिलाले बिहानैदेखि माटोमा घोटिरहेका छन् । धुवारहित चुलो निर्माण गर्न सिकेपछि आफ्नो घरमा चुलो निर्माण गर्नुको साथै गाउँ–गाउँमा समेत गएर चुहो निर्माण गरिदिने सहभागी महिला बताउँछन् ।

सन् २०१७ सम्म धुवाँरहित जिल्ला बनाउने योजनाका साथ जिल्ला विकास समिति सिरहाले आठ दिने सुधारिएको चुलो प्रबर्धक तालिम सञ्चालन गरेको हो । धुवाँरहित चुलोबाट घरेलु महिलामा खासगरी धुवाँको कारण हुने दम, खोकी, स्वासप्रस्वास जस्ता रोगबाट छुटकारा त पाउँछन् नै वातावरणमा समेत यसले प्रभाव पार्ने स्वास्थ्कर्मीको भनाइ छ । जिल्लामा धुवाँरहित चुलोको प्रचारप्रसारको अभावमा छिटफुट रूपमा मात्रै जिल्लामा सञ्चालन भएको तथ्यांकले देखाएको छ ।
जिल्ला विकास समिति सिरहाका ऊर्जा शाखा प्रमुख रमेश निधीका अनुसार तालिममा सहभागी १८ महिलाले जिल्लाको सबै गाविसमा गएर धुवाँरहित चुलो निर्माण गर्ने भएकोले तालिम सकिने बित्तिकै सबै सहभागी महिलालाई गाउँ–गाउँ पठाइने जानकारी दिनुभयो । तालिमको सहजीकरण राजकुमार साह र बबिता खड्का यादवले गरिरहनुभएको छ ।

प्रतिक्रिया