अब विवाद मिलाउने जिम्मेवारी सरकारलाई

4 dal ka ne ji haruकाठमाडौं, २७ जेठ । निर्वाचन कानूनका विषयमा सहमति जुटाउन बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक पुन: विनानिष्कर्ष सकिएको छ ।
राजधानीमा आज (सोमबार)बसेको समितिको बैठकमा निर्वाचन कानूनमा देखिएका विवादमा छलफल भए पनि सहमति हुन नसकेको हो । प्रमुख दलका नेताहरुले आफ्ना अडान यथावत राखे पछि सो विषयमा निर्णय गर्न सरकारलाई नै जिम्मेवारी दिने सहमति गरेका छन् ।
संविधानसभा निर्वाचनमा न्यूनतम मत ल्याउनुपर्ने तथा फौजदारी अभियोग लागेका नेताहरुलाई उम्मेद्वार बन्न नदिनेलगायतका विषयमा दलहरुका बीच विवाद छ ।
एमाओवादी र मधेसी मोर्चा दुबै प्रावधान राख्न नहुने पक्षमा छन् भने कांग्रेस र एमालेले त्यसकोपक्षमा बचाउ गर्दै आएका छन् ।
विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरुले दैनिक सरह छलफल गर्दै आए पनि सो विषयमा निर्णय गर्न सकेका छैनन् । दलहरुका कारण निर्वाचन सम्बन्धि अध्यादेश अलप परेको छ ।

प्रतिक्रिया