पूर्व राजा शाहको सप्तरीमा भब्य स्वागत

Raja-Gyanendra-Shahaराजविराज, २७ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी जिल्लामा भब्य स्वागत भएको छ । पहिलो पल्ट आज (मंगलबार) सप्तरी आएका शाहलाई स्थानीयले स्वागत तथा अभिनन्दन गरेका हुन् ।
आफै गाडी चलाएर पूर्व राजा शाह सप्तरी पुगेका हुन् । उनी स्थानीय गजेन्द्र चौकमा गाडीबाट ओर्लिएर पैदल सवार भएका थिए । सर्वसाधारणको विच/विचबाट उनले फूलका गुच्छा समाउँदै पदैल यात्रा गरेका थिए ।
पूर्व राजा शाहको स्वागतमा उर्लिएका सप्तरीवासीको भिड बढ्न थाले पछि सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै छिटो/छिटो ‘स्टार डिलक्स होटल’मा पुर्‍याएको थियो ।
नाराजुलुस र जय/जयकारससहित सर्वसाधारणको भिडले पूर्व राजा शाहको स्वागत गरेको हो ।
झण्डै १ किलोमिटर पैदल यात्राको कार्यक्रम तय भएपनि समय अभावका कारण पूर्व राजा शाह ५ सय मिटरमात्र पैदल यात्रा गरेको स्वागत समारोह समितिका संयोजक ईन्जिनियर विनोद पाण्डेल जानकारी दिए ।
पूर्व राजा शाहले सप्तरीमा हनुमाननगरको हनुमान मन्दिर र भारदहस्थित कंकालीनी मन्दिरको दर्शन गर्ने छन् ।
दर्शन पछि पूर्व राजा शाहले सोही होटेलमा रात्रिकालीन विश्राम लिने कार्यक्रम छ ।
यस अघि पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कठौना र रुपनीमा पनि पूर्व राजा शाहको स्थानीयले सडकमा रोकेर भब्य स्वागत एवं अभिनन्दन गरेका थिए ।
यसैबीच, पूर्व राजा शाहको भ्रमणमा विथोल्न खोज्ने ५ जना यूवा/विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व राजा शाहको स्वागतका लागि राजविराजमा बनाईएका स्वागतद्वाराका साथै विभिन्न संरचनाको विभिन्न दल आवद्ध युवा/विद्यार्थी संगठनका कार्यकर्ताले भत्काईदिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया