आगलागीबाट चरिकोटमा दुई करोडको क्षति

Dolakha-Ko-Aagalagiदोलखा, २७ जेठ । दोलखाको सदरमुकाम चरिकोट बसपार्कमा आगलागी हुँदा आधा दर्जन वढि होटल, पसल र छाप्रा जलेर नष्ट भएका छन् ।
भीमेश्वर नगरपालिका–१०, बसपार्कस्थितमा सोमबार राति आगलागी हुँदा उल्लेख्य नोक्सानी भएको हो । आगो सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
आगलागीका क्रममा घरभित्र रहेका ७ ओटा ग्यास सिलिन्डर समेत विस्फोट भएका थिए ।
आगलागीबाट रामजी चौलागाई, लोकराज चौलागाई, केदार भण्डारी, लोकराज रिमाल, गोमादेवी घिमिरे, सुवर्ण खत्री, सुनिता न्यौपाने, बालकृष्ण फुयाल, विष्णु बस्नेत र हिक्मत खत्रीका घर पसल जलेर नष्ट भएका हुन् ।
आगलागीबाट करीव २ करोड बराबरको नोक्सानी भएको प्रहरीले प्रारम्भीक अनुमान गरिएको प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । सौर्य

प्रतिक्रिया