‘नेता भेट्न’ नेता देउवा भारत प्रस्थान

Sher Bd Deuba 1काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।
भारत सरकारको निमन्त्रणामा नेता देउवा दिल्ली प्रस्थान गरेको कांग्रेसले जनाएको छ । नेता देउवा एयर इण्डियाको उडान नम्वर २ सय १४ द्वारा आज (आइतबार) विहान १० बजे दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
देउवाका साथ पत्नी डा.आरजु देउवा, केन्द्रीय सदस्य विमलेन्द्र निधि भारत गएका हुन् ।
नेता देउवाले दिल्लीमा रहंदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाईलगायत भारत सरकारका उच्च पदस्थ पदाधिकारीहरुसंग भेट गर्ने कार्यक्रम रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै उनले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवार, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव, काग्रेस पार्टीका महामन्त्रीद्वय जनार्दन द्विवेदी र दिग्विजय सिंह, कांग्रेस पार्टीका विदेश विभाग प्रमुख करण सिंह, नेपाल सोलीड्यारीटी सोसाइटीका अध्यक्ष डीपी त्रिपाठी, सीताराम यचुरी, केसी त्यागी, सुरिन्दर भदौरिया, विजय प्रतापसंग पनि भेट्ने छन् ।
नेता देउवालाई नेपाली दूतावास र नेपाली जनसम्पर्क समिति भारतले स्वागत एवं सम्मान गर्ने कार्यक्रम समेत राखेका छन् ।

प्रतिक्रिया