नेहा चाहन्छिन् रितिकको साथ

NehaSharma-Sourya-Dailyमुम्बई : बलिवुडकी नवोदित अभिनेत्री नेहा शर्मा अभिनेता रितिक रोशनका साथ रोमान्स गर्न चाहन्छिन् । वास्तविक जीवनमा नभएर चलचित्रको पर्दामा रोशनसँग रोमान्स गर्ने चहना उनको छ ।
सन् २०१० मा प्रदर्शित चलचित्र क्रुकबाट बलिउड अभिनय करियर सुरु गरेकी शर्माको पछिल्लो चलचित्र यमला पगला दिवाना–२ प्रदर्शनको तयारीमा छ । आजको समयमा चलचित्रको कमाइ ५० करोड, ७५ करोड, सय करोड हुन्छ भन्ने गरेका छन् । यी सबैभन्दा माथि सय करोडको व्यवसाय आºनो चलचित्रले गर्नेछ । शर्माले भनिन्, ‘चलचित्र यमला पगला दिवाना–२ सय करोडको कबुलमा सामेल हुनेछ ।’
रितिक रोसनको आफू प्रशंसक भएकाले उनको साथमा काम गर्ने इच्छा मनमा अधिक भएको उनले बताइन् । भनिन्, ‘म अभिनेत्री काजोललाई पनि मन पराउँछु । त्यसैले उनका कुनै पनि चलचित्र नछुटाई हेर्ने गरेकी छु ।’ बलिउड चलचित्र उद्योगमा काजोलजस्तो अभिनेत्री बन्ने आºनो लक्ष्य रहेको उनले खुलाइन् ।
चलचित्र यमला पगला दिवाना–२ वर्ष २०११ मा प्रदर्शनमा आएको चलचित्र यमला पगला दिवानाको सिक्वल हो । चलचित्रमा शर्माको अलावा धर्मेन्द्र, सन्नी देयोल, बोबी देयोल, अनुपम खेर, गुलसन गोवर, जोनी लिवरलगायतमा कलाकारको मुख्य भूमिका छ । चलचित्र आगामी जुनमा प्रदर्शन हँुदै छ । (एजेन्सी)

प्रतिक्रिया