लोडसेडिङ भोलिदेखि ६ घन्टा मात्र

काठमाडौं, २५ जेठ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि लोडसेडिङको अवधि घटाउने भएको छ ।

नदीमा पानीको प्रवाह बढेपछि लोडसेडिङ घटाउन लागिएको हो । सातामा ५६ घन्टा लोडसेडिङ रहेकोमा घटाएर ४२ घन्टामा झारिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । अब दिनमा ६ घन्टा मात्र लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार करिब हजार मेगावाट विद्युत् माग रहेकोमा करिब सात सय मेगावाट उपलब्ध छ । करिब तीन सय मेगावाट विद्युत् अपुग छ । भारतबाट एक सय १० मेगावाट विद्युत् आयात गरिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया