श्रीदेवीसँग काम गर्न चाहन्छु : माधुरी

Madhuri-Dixit-Sourya-Dailyमुम्बई : बलिउडकी धकधक गर्ल माधुरी दिक्षित लामो समयको ६ वर्षको अन्तरालपछि चलचित्र अभिनयमा फर्किएकी हुन् । उनले चलचित्रबाट हराउनु र देखा पर्नुलाई आफ्नो योजना बताउँदै आएकी छन् । एक ताकाकी नम्बर वान अभिनेत्री दिक्षितसित अझै पनि बलिउडका प्राय: सबै कलाकार काम गर्न चहान्छन् । तर, यिनै माधुरीको अभिनय गर्ने चाहना भने रूपकी रानी श्रीदेवीका साथमा छ । उनले आफ्नो यो चाहना हालै सार्वजनिक गरेकी हुन् ।
असी र नब्बे दुवै दशकका नम्बर वान दुवै अभिनेत्री दुवैबीच सो समय प्रतिद्वन्द्वीका रूपमा कडा प्रतिस्प्रर्धा हुने गर्दथ्र्याे । जसका कारण यी दुवैले एकै चलचित्रमा कहिल्यै साथसाथ अभिनय गरेनन् । रूपकी रानी अभिनेत्री श्रीदेवीले दश वर्षको अन्तरालपछि इंग्लिस विग्लिसमार्फत बलिउडमा पुनरागमन गरेकी हुन् भने धकधक गर्ल माधुरीले ६ वर्षको अन्तराल पछि ए जवानी है दिवानीबाट पुन: बलिउड अभिनय करियर अगाडि बढाएकी हुन् ।
पछिल्लो समय माधुरीको श्रीदेवीका साथमा काम गर्ने चाहना तीव्रहँुदै गएको छ । मेरो श्रीदेवीसँग काम गर्ने चाहना छ । माधुरीले भनिन्, ‘मेरो यो चाहना तब मात्र पूरा हुन्छ जुन बेला एउटै चलचित्रको पटकथा हामी दुवैलाई मन पर्छ ।’ श्रीदेवीसँग आफ्नो अभिनय रहने चलचित्रको पर्खाइमा आफू रहेको उनले खुलाइन् । माधुरी अहिले एक समयकी प्रतिद्वन्द्वीसमेत रहेकी जुही चावलासँग काम गरिरहेकी छन् ।
माधुरी र जुही एकसाथ सौमिक सेनको निर्देशनमा निर्माण भइरहेको चलचित्र गुलाव ग्याङमा काम गरिरहेका हुन् । चलचित्रमा जुहीको नेगेटिभ भूमिकामा छिन् भने माधुरीले सकारात्मक भूमिकामा अभिनय गरेकी छन् । चलचित्रमा माधुरी, जुहीको अलवा माही गिल र हुमा कुरैशीले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया