निर्वाचनका लागि वातावरण बनाउन आग्रह

Rastapati-Bhawan-n-Officeकाठमाडौं, २२ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालाबीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बुधबार) भएको भेटमा संविधानसभा निर्वाचन र मिति घोषणाका विषयमा छलफल भएको हो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरागर्दै सभापति कोइरालाले दलहरुले चुनावको वातावरण बनाउन नसकेकोमा चिन्ता ब्यक्त गरेको जानकारी दिए । ‘संविधानसभा निर्वाचन सम्बन्धि कानूनका विवादित विषयमा सहमति खोजेर छिटो मिति घोषणा गर्न राष्ट्रपतिले आग्रह गर्नु भएको छ,’ उनले भने ।
कोइरालाले न्यूनतम मतको व्यवस्थामा सहमति गरेर एमाओवादी र मधेसी मोर्चाले धोका दिएको बताए ।
‘दलहरुले चुनावको वातावरण बनाउन सकेनन्,’ डा.यादवलाई उदृत गर्दै कोइरालाले भने, ‘राजनीतिक दलहरुले मंसिरमा निर्वाचनको वातावरण बनाउनु पर्छ ।’

प्रतिक्रिया