‘नेपाल आउने बाबाहरु भारतीय गुप्तचर हुन्’

Narayanman-Bijukchheभक्तपुर ,२२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चार दलको दलीय भाग बण्डाले निर्वाचनको मिति घोषणमा ढिलाई हुँदै गएको आरोप लगाएका छन ।
उनले भारतको ईसारामा चार दल चलेकोले भारतले नचाहेसम्म नेपालमा निर्वाचन सम्भव नरहेको जिकिर गरे । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेले समानुपातिकतर्फ एक प्रतिशत मत ल्याउनुपर्ने ( थ्रेस होल्ड ) लागू भए संविधानसभाको निर्वाचन नहुने दावी गरे ।
विभिन्न धर्मको नाममा बाबाहरु नेपाल भित्रने क्रम बढेको भन्दै ती सबै बाबाहरु भारतीय गुप्तचर संस्था र सँग आबद्ध भएको उल्लेख गरे ।

 

प्रतिक्रिया