आभाले ल्याइन् “सौम्य”

Aavaकाठमाडौं : गायिका आभा मुकारुङ आधुनिक गीति एल्बम ‘सौम्य’ लिएर बजारमा आएकी छन् । केही वर्षअघि ‘आभा’मार्फत दर्शक/श्रोतामाझ आएकी आभाले हालै नयाँ एल्बम बजारमा ल्याएकी हुन् । उनले नयाँ एल्बममा अग्रजदेखि नयाँ गीतकार तथा संगीतकारका १४ वटा सिर्जनालाई समेटेकी छन् ।
‘आभा’मा संगृहीत ‘कता हिँडेको कसलाई खोजेको’ बोलको गीतबाट चर्चा कमाएपछि कन्सर्टमा व्यस्त देखिएकी उनी अहिले आएर नयाँ एल्बम सौम्य’मार्फत दर्शक/श्रोतामाझ आएकी छन् । ‘सौम्य’लाई आफूले कलेक्सन एल्बमका रूपमा बजारमा ल्याएको उनले सौर्यलाई सुनाइन् ।
सृष्टि इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त एल्बममा भूपाल राई, श्रवण मुकारुङ, मञ्जुल, आरजु विष्ट सल्यानी, ईश्वर चाम्लिङ, जितेन्द्र चेम्जोङ, करुणा राई, राम बस्नेत, किशोर थापा, शिमुरा, पवित्र बान्तवा र गोमा चुडाल ‘भूगोल’का शब्दमा गणेश रसिक, राजु सिंह, पविधन खालिङ, डक्टर किरात, हेमन्त चेम्जोङ, पदम थापामगर, सिर्जन नेपाल र शान्तमान राईले संगीत भरेका छन् । कवि तथा गीतकारद्वय भूपाल राई र श्रवण मुकारुङले आºना शब्दमा आफैँ संगीत भरेका छन् । श्रवणले त आºनो गीतमा ‘पुर्वेली र्‍याप’समेत हानेका छन् । (सौस)

प्रतिक्रिया