चलचित्र टु बन्ने

2काठमाडौ : नेपाली र तामाङ दुई भाषामा चलचित्र ‘टु’ निर्माण हुने भएको छ । चन्दा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘टु’ को छायांकन आगामी २५ गतेदेखि सुरु हुँदै छ ।
‘टु’को प्रस्तुतकर्ता बुद्विमान गुरुङ ‘ललित’ हुन् । यस चलचित्रमा लेखन तथा निर्देशन ‘सुजन लामा ‘डिएमजी’को रहनेछ । ‘खोलावारि खोलापारि’ चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका सुजनले आधा दर्जनभन्दा बढी चलचित्र निर्देशन गरिसकेका छन् ।
‘कोसिस’ र ‘कसम’जस्ता चलचित्रमा खलपात्रमा अभिनय गरिसकेका बुद्विमानले ‘टु’मा पनि खलपात्रकै रूपमा अभिनय गर्ने भएका छन् । चलचित्रमा बुद्विमान र ङेमाध्वज पाख्रिन ‘प्रितम’ले अभिनय गर्ने भए पनि अन्य कलाकार चयन गर्न भने बाँकी छ ।
चलचित्रमा छायांकन रामेश्वर जिरेल, द्वन्द्व शंकर महर्जन, नृत्य अजय स्याङ्तान र संगीत सोम फ्युवाको रहनेछ । (सौस)

प्रतिक्रिया