त्रिशूली आयोजनामा तालाबन्दी

नुवाकोट : माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षमता विस्तारको विरोधमा नेविसंघ नुवाकोटले मंगलबार आयोजनाको कोलोनी र वेत्रावतीमा रहेको कार्यालयमा तालाबन्दी गरेको छ ।
संघका जिल्ला अध्यक्ष श्रीराम श्रेष्ठ नेतृत्वको टोलीले आयोजनाको दुवै कार्यालयमा तालाबन्दी गरेको हो । सरकारले आयोजनाको क्षमता वृद्धिको निर्णय फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने अध्यक्ष श्रेष्ठले बताए । (सौस)

प्रतिक्रिया