वाईसिएलका कारण चरिकोट तनावमा

yclदोलखा, २१ जेठ । कवाडी सामानको विषयमा भएको विवादलाई लिएर आज (मंगलबार) दोलखामा वाईसियलले छिमकी जिल्लाबाट आफ्ना नेता/कार्यकर्ता बोलाए पछि स्थानीय प्रशासनले उच्च सुरक्षासर्तकता अपनाएको छ ।
वाईसियलले काठमाडौं, काभ्रे, रामेछाप, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट आफ्ना नेता कार्यकर्ता चरिकोट ओराले पछि सुरक्षाकर्मीलाई सर्तकताका साथ राखिएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद परामजुलीले सोमबार वाईसियल र तरुण दलबीच सहमति भएकाले चरिकोटमा झडपको अवस्था नरहेको दाबी गरे ।
यद्यपि, तरुण दल विरुद्ध ओर्लिएको वाईसियलले आफ्ना उल्लेख्य नेता तथा कार्यकर्ता चरिकोटमा ओराले पछि दुबै संगठनबीच झडपको अवस्था सृजना भएको प्रत्यक्षदर्शीको भनाई छ ।
वाईसिएल कार्यकर्ताले तरुण दल दोलखाका नेता सानु शेर्पालाई आईतवार प्रहरी भ्यान भित्रै कुटपिट गरेपछि विरोधमा सोमवार तरुण दल केही समय जिल्ला बन्द गराएको थियो ।
रामेछापको नामाडीबाट द्वन्द्वकालमा क्षतिभएको डोजरको कवाडी सामान लिएर आउने क्रममा आईतवार वाईसिएल कार्यकर्ताले चरिकोटमा रोकेर पैंसा मागेपछि विवाद उत्पन्न भएको थियो । वाईसिएलका कार्यकर्ताले तरुण दलका नेता समेत हरेको सानु शेर्पालगायतका युवालाई कवडीको आक्रमण गरेको थियो । फाईल तस्विर

प्रतिक्रिया