प्रधानसेनापति चीन जाने

काठमाडौं, २१ जेठ । प्रधानसेनापति गौरवशमशेर जबराले ३० असारदेखि चीनको साताव्यापी औपचारिक भ्रमण गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को हालैको बैठकले प्रधानसेनापति जबराको भ्रमणलाई स्वीकृति दिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यका अनुसार उक्त भ्रमणका क्रममा कुनै सम्झौता हुने छैन । प्रधानसेनापतिसहित ६ सदस्यीय भ्रमण टोली ६ साउनमा स्वदेश फर्कने कार्यक्रम छ ।
भारतीय स्थलसेनाध्यक्ष आउँदै
भारतका स्थल सेनाध्यक्ष जनरलविक्रम सिंह २७ जेठमा दुईदिने भ्रमणका लागि नेपाल आउँदै छन् ।
उनी नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान–०१३ अन्तर्गत आयोजना गरिने एक समारोहमा भाग लिन आउने रक्षा मन्त्रालयले जनाएको छ । दुई देशका २४ जना सैनिकले हालै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुका साथै चार हजार १० किलो फोहोर–मैला संकलन गरेका छन् ।

प्रतिक्रिया