एक महिनाभित्र वैदेशिक रोजगार व्यवसायीको निर्वाचन

bal-badur-tamang-jpgकाठमाडौं, २१ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले एक महिनाभित्रमा दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित तीन पदको निर्वाचन गर्ने बताएका छन् ।
अध्यक्ष तामाङले व्यवसायीले ९९ प्रतिशत कागज नक्कली बनाएर वैदेशिक रोजगारमा कामदार पठाउने गरेको अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको विरोधमा अध्यक्षको राजीनामा माग गर्दै आएको अवस्थामा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । अध्यक्षको उक्त अभिव्यक्तिको विरोधमा राजीनामा दिएका १३ जनामध्ये प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरे, द्वितीय उपाध्यक्ष कुमुद खनाल र कोषाध्यक्ष शारदा न्यौपानेको राजीनामा स्वीकृत गरेपछि खाली रहेको स्थान पूर्ति गर्नका लागि निर्वाचन गर्ने अध्यक्ष तामाङले बताए ।
संघका प्रथम उपाध्यक्ष गैरे र द्वितीय उपाध्यक्ष खनालले संघमा बसेर काम गर्नुको सट्टा उल्टै काममा समस्या सिर्जना गरेको तामाङले बताए । उनले भने, ‘कोषध्यक्षले संघको विधानविपरीत काम गरेको र संघको कोषलाई आफ्नो घरको संस्थाजस्तो बनाएका कारण राजीनामा स्वीकृत गर्न बाध्य भएको हो ।’ राजीनामा दिएका तृतीय उपाध्यक्ष भुवन सिंह गुरुङले राजीनामा फिर्ता लिएका छन् ।
वैदेशिक रोजगारीमा कामदार पठाउँदा म्यानपावर कम्पनीले दुईओटा इम्प्ल्वाइमेन्ट लेटर बोक्नुपर्ने आवस्था आएको छ । यसबाट व्यवसायीले मुक्ति पाउनुपर्छ भन्ने विषयलाई उठाएको तामाङको भनाइ छ । उनले यसलाई व्यवसायीहरूले कसरी बुझे थाहा छनै, मेरो मनसाय व्यवसायीले दु:ख नपाउन भन्ने रहेकोमा जोड दिए । यसका लागि ऐनको दफा १९ को उपदफा ३ परिवर्तन गर्न जरुरी रहेको उनको जिकिर छ ।
अहिले व्यवसायीले दुईवटा इम्प्ल्वाइमेन्ट लेटर बोकेर हिँडनुपर्ने अवस्था छ, यो ऐन परिवर्तन गर्न सकेको खण्डमा व्यवसायीले यसबाट मुक्ति पाउनेमा सबै आशावादी रहेका छन् । विषेश गरेर खाडी मुलुकमा लेबर भिसामा काम गर्न जानुपर्ने बाध्यता रहेको छ ।
अध्यक्ष तामाङले व्यवसायीले मेरो विरोधमा अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सुरु गरेको सुनेकोमा आश्चर्य व्यक्त गरे । उनले भने, ‘त्यो प्रक्रिया राम्रो हो तर त्यसका लागि विदेशमा भएका नेपालीको हस्ताक्षर समावेश हुनुभएन ।’ अहिले महासंघमा सदस्य संख्या सात यस ५२ छ । जसमध्येबाट दुई सय ४८ को हस्ताक्षर गरेर आएमा साधारणसभा बोलाउनुपर्ने हुन्छ । विषेश कारणविना साधारण सभा बोलाउन सकिँदैन । तामाङले सौर्यलाई भने, ‘म चार जना सँगको प्रतिस्पर्धामा विजयी भएर आएको हँु, मलाई कुनै डर छैन ।’ राजीनामा दिएकामध्ये तीन जनाको स्वीकृत भएको छ । राजीनामा स्वीकृत हुनेमा महासचिव कमल तामाङ, सदस्यहरू थिरमणि पौडेल, आरसी गिरी, दुर्गाबहादुर लिम्बू, एमुन्डा गिरी र माधुरी पौडेल रहेका छन् । अध्यक्ष पदबाट हट्नका लागि १४ जनाको सहमतिमा अविश्वासको प्रस्ताव पारित गर्नु पर्नेछ । यता अध्यक्ष तामाङ ठगी नियन्त्रणका लागि पहल गर्नुपर्‍यो भन्दा व्यवसायीले गरेको विरोधका कारण हट्ने पक्षमा नरहेको बताउँछन् । ‘उनीहरू पुरानै शैलीमा संस्था चलाउन खोज्छन्, म मेरो बाँकी रहेको नौ महिनाको कार्यकालमा संस्थालाई परिवर्तन गर्छु, व्यवसायीलाई राजनीतिक गर्नेर्े मसला चाहिएको छ मबाट त्यो सम्भव छैन,’ उनले भने ।

प्रतिक्रिया