झा र अर्याल ऐजेरु हुन्, : नेपाल

2012110306125312पोखरा २०, पोखरा । नेकपा एमालेका नेता प्रदीप नेपालले अझै पनि नेकपा एमाले सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी रहेको वताएका छन् । ईमान्दार कार्यकर्ता र देशब्यापी जनताको आशाको केन्द्र एमाले नै भएको नेपालले दावी गरे ।
जनसाहित्य मञ्च कास्कीले आज पोखरामा आयोजना गरेको साहित्यक यात्रा र साहित्यमा प्रदीप नेपालको निजी अनुभूती कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । देशमा कम्युनिष्ट नामधारी पार्टी धेरै भएकाले असली र नक्कली भन्ने बुझ्न मदन भण्डारीलाई पढ्न सुझाव दिए ।
केही ब्यक्तिले निजी स्वार्थका कारण पार्टी छाड्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । एमालेबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा र उर्मिला अर्याल तर्फ लक्षित गर्दै पार्टीमा गलत प्रवृतिका कारण पलाएका ऐजेरुहरु काटेर फाल्नुपर्नेमा आफै हटेको टिप्पणी गरे । पार्टी विभिन्न गुट उपगुटमा लागेर इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै लाभका पद लिएकाहरुले केही पाएनौं र मुल्याङ्कन भएन भनेर आरोप लगाउनेहरुले पार्टी छाड्दा इमान्दार कार्यकर्ताकालागि फाइदा नै हुने उनको प्रतिक्रिया थियो ।

प्रतिक्रिया