रेग्मीको प्रभावमा अदालत: कोइराला

Shekhar-Koiralaलाहान, २० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश समेत रहेका खिलराज रेग्मीको प्रभाव अदालतमा स्पष्ट परेको दावी गरेका छन् ।

व्यवस्थापिका नभएका बेला एउटै व्यक्ति न्यायपालिका र कार्यपालिकाको प्रमुख हुँदा शक्तिपृथकिकरणमा प्रत्यक्ष असर परेको उनले बताए । नेपाल विद्यार्थी संघले लाहानमा गरेको अन्तक्र्रिया कार्यक्रममा कोइरालाले रेग्मीको छायाँ अदालतमा परेकै कारण उनीविरुद्धको मुद्धामाथि सुनुवाई हुन नसकेको तर्क गरे । उनले भने, ′यदि रेग्मीको छाँया अदालतमा छैन भने कामु प्रधानन्यायाधीशले रेग्मीविरुद्धको रिटमाथि सुनुवाई गरेर देखाउनुस् ।′
नेता कोइरालाले न्यायाधीशले नै माथिको प्रेसर छ, छिटो गर्नुपर्छ भन्नुले पनि यसको पुष्टि हुने जिकिर गरे । आसन्न संविधान सभा निर्वाचनमा सबै पक्षको सहभागिता गराउन रेग्मीले प्रधान्यायाधीशबाट राजिनामा दिनुपर्ने कांग्रेस नेता कोइरालाको भनाई थियो

प्रतिक्रिया