मोटरसाईकल दुर्घटनामा युवकको ज्यान गयो

उदयपुर, २० जेठ । उदयपुरको त्रियुगा नगरपालिका ८ बगाहास्थित ढल्के चौकमा गएराती मोटरसाईकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक युवकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । त्रियुगा नगरपालिका १ बोक्सेका ३५ बर्षीय कुमार अधिकारीको उपचारका क्रममा बिराटनगर स्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
बा.१६ प. ५६८५ नम्बरको मोटरसाईकमा सवार अधिकारीलाई विपरित दिशाबाट आएको स.१ त. २५३८ नंम्बरको ट्याक्टरले राती ८ बजे बगाहामा ठक्कर दिएको इलाका प्रहरी कार्यालय जलजलेका प्रहरी नायब निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा गम्भिर घाईते भएका अधिकारीलाई तत्काल एम्बुलेन्स मार्फत न्यूरो अस्पताल पु¥यााइएको थियो । दुर्घटना पछि ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । प्रहरीले दुबै सवारी साधानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया