मिति तोक्न सरकारलाई दबाब दिइन्छ : खनाल

इलाम, २० जेठ । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा चुनावको मिति तोक्न उच्चस्तरीय राजनीतिक समितिले आजै आग्रह गर्ने बताएका छन् ।
एमाले चिसापानी गाउँ अधिवेशनको उद्घाटनपछि आइतबार उच्चस्तरीय समितिका संयोजकसमेत रहेका अध्यक्ष खनालले यस्तो बताएका हुन् । खनालले सोमबार बस्ने उच्चस्तरीय समितिको बैठकले चुनावको मिति तत्काल तोक्न अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई आग्रह गर्ने बताए । नयाँ संविधान बनाउनका लागि संविधानसभा चुनाव तत्काल हुनुपर्ने उल्लेख गर्दै उनले चुनाव मंसिरमै हुने दाबी गरे । उनले निर्वाचन ऐन संशोधन गर्न चार राजनीतिक दलबीच एक कार्यदल बनेको जानकारीसमेत दिए ।
एमालेले संविधान निर्माणका लागि व्यापक जनअभियान सिर्जना गरेको उल्लेख गर्दै उनले तत्काल गाउँ पसेर पार्टी सुदृढीकरण गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया