′मंसिरमा चुनाव हुन्छ, ढुक्क हुनुस′

Prachand 1हेटौडा, १९ जेठ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा निर्वाचन गर्ने गरि काम भईरहेको बताएका छन् । हेटौडामा आज पार्टी कार्यकर्ताहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचनप्रति आशंका नगर्न आग्रह गरे । उनले भोली बिहान बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने बताए । नेपाली कांग्रेस र नेकपा एमाले निर्वाचनबाट डराएको भन्दै दाहालले उनीहरुका कारण निर्वाचन मिति घोषणामा ढिलाई भइरहेको आरोप लगाए । संयन्त्रको बैठकमै कांग्रेस सभापति कोइराला अनुपस्थित हुनुले पनि निर्वाचनप्रति कांग्रेस सकारात्मक नरहेको देखिएको बताए । निर्वाचनको वातावरण बनाउनुको सट्टा कोइरालाले प्रधान्यायाधीशको राजिनामाको मुद्धालाई बढी प्राथमिकता दिएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रतिक्रिया