युवती हत्याको विरोधमा महिलाहरुद्धारा प्रर्दशन

Dailekha Districtदैलेख, १९ जेठ । हिजो घर नजिकै मृत भेटिएकी बडलम्जी गाविस ५ की २० वर्षीया भगवती आचार्यका आफन्तले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गर्न प्रशासन समक्ष माग गरेका छन् ।
आचार्यका माईती पक्ष्ँले परिवारबाटै हत्या गरिएको दावी गरेका छन् । झुण्ड्याएर घोप्टो पारी सुताइनु, घटनास्थलमा खुकुरी भेटिनु, योनीबाट रगत बग्नुले उनको हत्या नै भएको माईती पक्षको दाबी छ ।
खरिगैरा दवाडाकी भगवती र डिल्ली आचार्यबीच गत दसैंमा पे्रम विवाह भएको थियो । छोरीको सुनियोजित हत्या गरिएको भन्दै बाबु नगेन्द्र शर्माले आज जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।
मृतक भगवतीका श्रीमानले घटना ह“ुदा आफू सुर्खेतको भएको बताए पनि माइती पक्षले भने डिल्ली घरमै भएको दावी गरेका छन् । प्रहरीले जाहेरीका आधारमा परिवारका ३ जनालाई नियन्त्रणमा लिएको छ । आक्रोसित महिलाहरुले अस्पतालमै डिल्लीमाथि हातपात गरेका थिए । दुवै पक्षको भनाभनले जिल्ला अस्पताल केहीबेर तनावग्रस्त बनेको थियो । विवाद बढेपछि पोष्टमार्टम कार्य रोकिएको थियो । दोषीलाई कारबाही माग्दै माइती पक्षकाले प्रर्दशन र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए ।

प्रतिक्रिया