हिल्टन नया एल्बमको तयारीमा

Paris-Hilton-imageलस एन्जलस : सोसलाइट पेरिस हिल्टन आºनो पछिल्लो एल्बम लन्च गर्ने तयारीमा लागेकी छन् । यही गर्मी महिनामा आºनो एल्बम ल्याउन उनी जोडतोडका साथ लागेकी छन् । जसका लागि बर्डमेनकोे रिकार्ड लेबलस“ग दुईपक्षीय सम्झौतासमेत गरेकी छन् ।
‘हिल्टन एल्बम निकाल्न आºनो कम्पनीमा आएकाले म निकै हर्षित छु,’ बर्डमेनले आºनो ट्विटरमा जनाएका छन् । उनले सो ट्विटरमा पेरिसलाई स्वागत गर्दै भनेका छन्, ‘हिल्टन अब यस कम्पनीको सदस्य पनि हुन् ।’
हिल्टनले ट्विटरमार्फत बर्डमेनको जवाफ फर्काएकी छन् । जवाफमा उनले भनेकी छन्, ‘म बर्डमेनलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई आºनो कम्पनीको सदस्य मानेका छन् ।’ कम्पनीको हिस्सा बन्न पाउ“दा आफूलाई निकै खुसी लागेको उनले बताइन् । ३२ वर्षीया हिल्टनले वायनेस“ग रेकर्ड गराएकी गीतसमेत आºनो ट्विटरमा पोस्ट गरेकी छन् । पोस्ट गरिएको गीतका साथमा उनले लेखेकी छन्, ‘यो मेरो मन पर्ने गीत हो, त्यसैले यसलाई मैले लिल वायनेका साथमा रेकर्डिङ गराएकी ह“ु ।’ (एजेन्सी)

प्रतिक्रिया