पैसाको भरमा चुनाव जित्ने माओवादी रणनीति : बस्नेत

mahes basnetपोखरा, १९ जेठ । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एकीकृत नेकपा माओवादी र उसको भातृ संगठन अखिल क्रान्तिकारीले निर्वाचनमा हतियारले आतंकित पार्ने बाटो समाप्त भएपछि पैसाको भरमा निर्वाचन जित्ने रणनीतिमा लागेको दावी गरेका छन् ।
अनेरास्ववियुले आज जनप्रीय बहुमुखी क्याम्पस पोखरामा आयोजना गरेको कार्यक्रममा बस्नेतले पैसाको आतंकमा चुनाव जित्ने योजना पनि फेल खाएको बताए । “पहिले हतियार देखाएर निर्वाचन आफ्नो पक्षमा पार्नेहरु अहिले पैसाको पछाडि दौडिरहेका छन् ।” अध्यक्ष बस्नेतले भने–“सचेत विद्यार्थीहरुले त्यो योजना बिफल पार्ने निश्चित भएपछि क्रान्तिकारीले स्ववियू नै हुन दिएन ।”
एकीकृत नेकपा माओवादी र कांग्रेसका अधिकांस नेताहरु भ्रष्टाचारी भएको आरोप लगाउँदै उनले एमालेमा कुनै भ्रष्टाचारी भए अख्तियारमा उजुरी हाल्न चुनौति दिए । एकीकृत नेकपा माओवादीले लडाकुका नाममा मात्रै अरवौं भ्रष्टाचार गरेको भन्दै त्यस्ता भ्रष्टाचारलाई ढाकछोप गर्न लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाइएको जिकिर गरे ।

प्रतिक्रिया