निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन

baburam bhattaraiभालुवाङ १९ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधान सभाको निर्वाचनका लागि अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
दाङको भालुवाङ्गमा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जनतामा संविधानसभाको निर्वाचनका बारेमा अन्यौलता कायमै रहेकाले चुनावी अभियानमा जुट्न निर्देशन दिएका हुन् । ‘संविधा सभा निर्वाचन मंसिर पहिलो हप्ता हुने निश्चित भएकाले तपाईहरु त्यसको तयारीमा होमिनुस’ भट्टराईले भने–‘जनतामा रहेको दुविधा पनि हटाउने गरी तल्लो तहसम्म अभियान चलाउनुहोस ।’
संविधान जारी नभए सम्म नागरिकहरु अधिकार सम्पन्न हुन नसक्ने भन्दै भट्टराईले देशलाई समस्याबाट बाहिर निकाल्न संविधान सभा निर्वाचन एक मात्र विकल्प भएको बताए ।
संविधान सभा निर्वाचन मार्फत अहिलेसम्म उपलब्ध राजनीतिक उपलब्धीहरु संस्थागत हुने उनको विश्वास थियो । उनले भने–‘उपलब्धिको संस्थागतका लागि संविधान सभा निर्वाचनबाट नयाँ संविधान जारी गरिनुपर्छ । त्यसैले निर्वाचनको पक्षमा उभिन निर्वाचन प्रणालीका विपक्षमा उभिएका दलहरुलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्छु । ’

प्रतिक्रिया