ठूला संगठन विरुद्ध साना विद्यार्थी संगठन

TUकाठमाडौं, १९  जेठ । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियुलगायत चार ठूला विद्यार्थी संगठन विरुद्ध एघार साना विद्यार्थी संगठनले आन्दोलन गर्ने जनाएका छन् ।
उनीहरुले स्ववियु निर्वाचन गराउन मागसहित आन्दोलनको घोषणा समेत गरेका छन् । ठूला विद्यार्थी संगठनहरुको षड्यन्त्रमा स्ववियु निर्वाचन अवरुद्ध गरेको भन्दै साना संगठनहरुले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।
राजधानीमा शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर उनीहरुले पूर्व घोषित मिति जेठ–२३ गते स्ववियु निर्वाचन गर्न माग गरे ।
निर्वाचनका लागि दवाव दिन उनीहरुले सोमबार त्रिभुवन विश्व विद्यालय घेराउ गर्ने जनाएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ क्रान्तिकारी, अनेरास्ववियू छैटौं, अनेरास्ववियू पाँचौ, क्रान्तिकारी विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी यूनियन, अनेरास्ववियु एकीकृत, राप्रविसंघ, नेपाल विद्यार्थी परिवार, विद्यार्थी मञ्च, मधेसी विद्यार्थी फोरम नेपाल र मधेस विद्यार्थी फोरम नेपाल लोकतान्त्रिक रहेका थिए ।

प्रतिक्रिया