‘मुलुकलाई कुशल नेतृत्वको खाँचो छ’

Rajesh-Hamel-Sourya-Dailyदाङ, १८ जेठ । नायक राजेश हमालले देशमा कुशल राजनीतिक नेतृत्व नभएका कारण स्थायित्व हुन नसकेको गुनासो गरेका छन् ।

 

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज (शनिबार) तुल्सीपुरमा आयोजना गरेको साक्षत्कारमा हमालले राजनेताको अभावले हरेक क्षेत्र धरासायी भएको बताए ।

 

मुलुकको विकास नहुनुमा राजनीतिक नेत्रृत्व जिम्मेवार छ,’ उनले आरोप लगाए, ‘कुशल नेतृत्वको मुलुकलाई खाँचो छ ।’

 

राजनीति देशको मेरुदण्ड भएको बताएका नायक हमालले भने, ‘मेरुदण्ड नै ठीक बाटोमा नआएसम्म अन्य क्षेत्रको विकासको कल्पना गर्न सकिँदैन ।’

 

नेपाली माटो सुहाउँदो हक/अधिकारसहितको संविधान निर्माण गर्न उनले दलका नेताहरुलाई सुझाव दिए ।
नायक हमालले आफू तत्काल राजनीतिमा प्रवेश नगर्ने बताएका छन् । ‘राजनीतिमा तत्काल प्रवेश गर्ने कुनै योजना छैन,’ उनले भने ।

प्रतिक्रिया