मन्त्रीद्वय कोइराला र घिमिरेले पेन्सन नलिने

Shankar-Koiralaकाठमाडौं, १७ जेठ । सरकारका दुई मन्त्रीले पदमा रहेसम्म पेन्सन नलिने घोषणा गरेका छन् ।
पेन्सन लिन अस्वीकार गर्ने मन्त्रीहरुमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइराला र सूचना तथा सञ्चार, शिक्षा मन्त्री माधव पौडेल रहेका छन् ।
मन्त्रीको हैसियतमा सुविधा पाएसम्मका लागि पेन्सन रोक्का गरिदिन राष्ट्रिय बाणिज्य बैंक मैतिदेवी र बानेश्वर शाखामा निवेदन दिएको आज (शुक्रबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीहरुको निवेदन अनुसार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखी पेन्सन रोक्का गर्न भनिएको छ ।
मन्त्री कोइराला र पौडेल नेपाल सरकारका पूर्व सचिव हुन् । वर्तमान सरकारले पहिलो बैठकमा मन्त्रिपरिषद् सदस्यहरुले दोहोरो सुविधा नलिने निर्णय गरेको थियो ।

प्रतिक्रिया