अर्यालले ल्याइन् फर्केर हेर्दा

Sarita-Aryalकाठमाडौं : सरिता अर्यालको अनुभूति संग्रह ‘फर्केर हेर्दा’ बजारमा आएको छ । कृतिलाई प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले हालै राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरे । कार्यक्रममा उपकुलपति उप्रेतीले अनुभूतिसंग्रहमा विदेशमा रहेका महिलाका भोगाइ उतारेर लेखिकाले सराहनीय काम गरेको बताए । उनले भने, ‘संग्रहका विषयवस्तुले विदेश जाने तयारीमा रहेका महिलालाई मार्गदर्शन गर्ने छ ।’
त्यस्तै, समालोचक डा. गोविन्द भट्टराईले अर्यालले नेपाली चेलीले वैदशिक रोजगारका क्रममा भाग्ने यर्थाथ पुस्तकमार्फत पस्किएको बताए । कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, लेखिका सुलोचना मानन्धर, सरु जोशीलगायतले अर्यालका बारेमा बोलेका थिए । अर्यालले संग्रहमा साढे ६ वर्षे विदेश बसाइका क्रममा आफूले भोगेका र देखेका विविध पक्ष समेटेकी छन् । (सौस)

प्रतिक्रिया