व्यवसाय कर उठाउन नया नीति

बनेपा : करको दायरामा नरहेका व्यवसायलाई करको दायरामा ल्याउन बिहीबारदेखि लागू हुनेगरी बनेपा नगरपालिकाले नयाँ नीति अवलम्बन गरेको छ । सो नीतिअनुसार बनेपा नगरपालिका र उद्योग वाणिज्य संघ काभ्रेबीच व्यवसाय कर उठाउने विषयमा पााच वर्षका लागि सम्झौता भएको छ । स्थानीय स्वायत्त शासन ऐन ०५५ र नियमावली ०५६ को अधीनमा रहेर सरकारको निजी क्षेत्रसँग पनि सहकार्य गर्ने नीतिअनुरूप नगरपालिकाले व्यवसाय कर उठाउन सो कदम चालेको हो ।
गत २९ वैशाखमा  सो सम्झौताअनुसार वाणिज्य संघले उठाएको कुल व्यवसाय करको ७० प्रतिशत रकम उद्योग वाणिज्य संघले पाउनेछ । दुवै पक्षले हाल उठाउँदै आएको करमा दोब्बरभन्दा बढी करिब १० लाखको हाराहारीमा व्यवसाय कर उठाउने लक्ष्य राखेका छन् । चालु आर्थिक वर्षमा बनेपा नगरपालिकाले करिब एक हजार १ सय व्यावसायिक फर्मबाट करिब चार लाख २१ हजार व्यवसाय कर उठाएको थियो ।
व्यवसाय कर असुली र पारदर्शिताका लागि बनेपा नगरपालिकाको राजस्व शाखाका प्रमुख धु्रव नेपालको संयोजकत्वमा उवा संघका प्रतिनिधि सदस्य रहनेगरी अनुगमन समितिसमेत गठन भएको छ । कर नतिरेका व्यवसायलाई सिफारिस दिनेलगायत काम रोक्का गरेको उल्लेख गर्दै बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले नगरपालिकाको आम्दानी वृद्धि गर्न यो योजना आएको बताए ।
उनले सरकारको नीतिअनुसार सो काम भएको उल्लेख गर्दै यसबाट आएको परिणामका आधारमा अन्य विषयमा पनि वाणिज्य संघसाग सहकार्य हुनसक्ने बताए । उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष दीपेशरत्न शाक्यले कर उठाउने सम्भाव्य क्षेत्रको दायरा ठूलो भएको उल्लेख गर्दै व्यवसाय कर नबुझाउने व्यवसायलाई संघले दिने सुविधा काट्न बाध्य हुने चेतावनी दिए । उनले संघले करको दायराभन्दा बाहिर रहेका व्यवसायलाई समेत समेटिने जानकारी दिँदै व्यावसायिक फर्मलाई समयमै कर तिर्न आग्रह गरे । बनेपा नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत ध्रुव नेपालका अनुसार न्यूनतम व्यवसाय कर तीन सय ६० देखि अधिकतम १० हजारसम्मको हुनेछ ।

प्रतिक्रिया