रामराजाप्रसाद सिंहको स्मृतिमा

ramrajaनेपाली जनमानसमा रामराजाप्रसाद सिंह गणतन्त्रको पर्यायको रूपमा रहनुभएको छ । गणतन्त्र स्थापनामा प्रमुख कारणी देखिनेमा विभिन्न पात्र चर्चामा रहन्छन् । माओवादी वा गिरिजाप्रसाद कोइराला, भारत वा  ज्ञानेन्द्र स्वयं माओवादीको संगठित भूमिका, गिरिजाप्रसादको निमिल पात्रको भूमिका, भारतको निर्देशक भूमिका  तथा राजा ज्ञानेन्द्रको नकारात्मक भूमिकाको कुल योगको परिणाम नेपालमा गणतन्त्र स्थापना हुन पुगेको हो । रामराजा सप्तरीको जन्मिदार राजपुत परिवारमा जन्मनुभएको हो । राजनीतिक परिवार हुनाले उहाँ राजनीतिकतर्फ डोरिनु कुनै अनौठो छैन । उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनको योद्धा हुनुहुन्छ । उहाँ उच्चस्तरको बौद्धिक व्यतित्व हुनुहुन्छ । साहित्यको अनुरागी, कानुनको विद्यार्थी अनि अंग्रेजी भाषाको दख्खलका कारणले उहाँं बौद्धिक वर्गमा सहजै स्थापित हुनुभयो । राजपुतको स्वाभिमानी चरित्र, राजनीतिक परिवारको पृष्ठभूमिका कारण उहाँमा पर्याप्त निडरताको स्वभाव विद्यमान रहन पुग्यो । राजतन्त्रको निरंकुश चरित्रप्रति मात्रै नेपाली कांग्रेसको परम्परागत मान्यताबाट पर हटेर उहाँले राजतन्त्रको उन्मूलनपश्चात् नै नेपालमा प्रजातन्त्र स्थापना हुने कुरा अगाडि सार्नुभयो साथै प्रयोगमा ल्याउन अगाडि सर्नुभयो । पञ्चायती व्यस्थाको उत्कर्ष कालमै स्नातक क्षेत्रबाट निर्वाचित गरिने राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा गणतन्त्रको नारा लिएर लड्नुभयो ।
कांग्रेस पार्टीको आधिकारिक समर्थनबिना नै अत्यधिक कांग्रेसी युवाहरूको  सक्रिय सहयोगमा उहाँले चुनाव जित्नुभयो । २०४८ को बमकाण्डभन्दा पहिले नै उहाँले उक्त चुनावमार्फत पञ्चायतको  शान्त तलाउमा ढुंगा हान्नुभयो । नेपाली राजनीतिमा  रामराजा प्रसाद नै त्यस्तो योद्घा देखिनुभयो, जसले राजा महेन्द्रसँग प्रत्यक्ष वातचितमै आफू गणतन्त्र ल्याउन लडिरहने बताउनुभएको थियो । त्यतिबेलाको सन्दर्भमा हेर्दा उहाँको यो हिम्मत पहरोसँग कँुहिनो जोत्ने सरहको थियो । संवैधानिक  राजतन्त्र मान्ने कांग्रेस मात्रै होइन हिंसाको बलबाट गणतन्त्र ल्याउनुपर्ने वकालत गर्ने स्वयं कम्युनिस्ट हुँदैन शान्तिपूर्ण राजनीतिको अभ्यास गरिरहेको त्यस बखत प्रजातान्त्रिक छविका रामराजाले  किन हिंसाको बाटो अपनाए भन्ने कुरामा धेरैको जिज्ञासा थियो । उहाँ दिल्ली युनिभर्सिटीमा अध्ययनरत रहँदा ‘क्लारा’ नामकी विदेशीसँगको संगतबाट  हिंसात्मक राजनीतितर्फ आकर्षित हुनुभयो । क्लारा अन्तर्राष्ट्रिय छापामार संघर्ष चर्काएर विश्वक्रान्ति अगाडि बढाउने ‘चे’ को योजना अनुरूप नै क्लारा एसियामा खटिएकी थिइन् । उहाँको छवि सदैव प्रजातान्त्रिक रह्यो तर त्यसलाई प्राप्त गर्ने मार्ग भने कम्युनिस्टको अपनाउनु कम्युनिस्ट क्रान्तिकारी चेग्वेभाराको प्रभावले अहं भूमिका खेलेको थियो ।
क्लाराको मद्दतले चे– लाई म्यानमारको एउटा टापुमा गएर भेट्नुभयो र प्रजातन्त्रको उद्देश्य, कम्युनिस्टको तरिका अपनाउने  अनि  नेहरू, गान्धी परिवारसँगको निकटताका कारणले नेपालका कांग्रेसी  नेताको नजरमा उहाँ सदिग्ध नै रहनुभयो । उहाँमाथि भारतको योजनमा नेपालमा अस्थिरता ल्याउन खोजेको जस्ता शंका पनि गरियो तर विभिन्न घटनाले यस्तो शंकालाई मिथ्या सावित गरेका छन् ।  कोसी ब्यारेज नेपाली भूभागमा बनाइएको हो भनेर उहाँका पिता जयमंगलप्रसाद भारतको सत्ता पक्षसँग लड्नुभयो । पहाडीमूलको वार्ताकार नेपाली कर्मचारी भारतीय सत्तासामु बिक्ता पनि भारतसँग कुटुम्बेरी सम्बन्ध रहेको तराईवासी एउटा  राजपुत नेपाली भूमिको रक्षार्थ अन्त्यसम्म लड्नुभयो । आजादि प्राप्तिको लगतै भारतीय शासकले गाभ्ने योजनाको विरोधमा भारतमा लबिङ गर्न मोहन शमशेर दूत बनेर जयमंगल भारत पुग्नुभयो ।
लोकतन्त्र प्राप्तिपछि भारतीय सत्तासम्बद्धहरूद्वारा आयोजित पटनाको तराईमूलको नेपाली नेताको भेलामा  तराई अलग्याएर रामराजालाई राष्ट्रपति बनाउने प्रस्ताव राखियो । देश टुक्र्याउने उक्त योजनालाई रामराजाप्रसाद सिंहले विरोध गर्नुभयो । त्यसैको बदलास्वरूप  भारतीय शासक र उनकै निर्देशनमा चलेको  एक मधेसी  आन्दोलनमा स्वघोषित मसिहा सम्झने नेताको षड्यन्त्रमा उहाँलाई राष्ट्रपति चुनावमा हराइयो । पहाडीमूलका कतिपय  नेता भारतीय शासकसामु घुँडा टेकेर राष्ट्रघाती कुकर्महरू गरिरहेको घडीमा समेत यो तराईवासी राजपुत परिवार पुस्तौदेखि नै अखण्ड नेपालको  पक्षमा ढृढतापूर्वक  उभियो । रामराजा  एउटा प्रजातन्त्रवादी, क्रान्तिकारी र देशभक्त हुनुहुथ्यो ।
लोकतन्त्र स्थापना लगतै मेरो अध्यक्षतामा रामराजाप्रसाद सिहंको प्रमुख  आतिथ्यमा द्वन्द्व व्यवस्थापनसम्बन्धी एक विचारगोष्ठी आयोजना गरिएको थियो उहाँ थ्री इन वन जस्तै हुनुहुन्थ्यो । प्रजातन्त्रवादी, क्रान्तिकारी र देशभक्त, गणतन्त्र दिवसको अवसरमा  नेता रामराजा प्रसाद सिहंप्रति श्रद्धान्जलि  व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया