अध्यक्ष रेग्मीले राजीनामा दिनु हुँदैन: गृहमन्त्री

madhavचितवन, १६ जेठ । गृहमन्त्री माधवप्रसाद घिमिरेले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन नहुने बताएका छन् ।
बीपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर, चितवनमा आज (बिहीबार) पत्रकारहरुसंग कुरा गर्दै घिमिरेले संवैधानिक हिसावले पनि बाधा अड्चन आउने भएकाले रेग्मीले राजीनामा दिन नहुने बताए । प्रधान्यायाधीश पदबाट राजीनामा दिन दवाव परिरहेका बेला गृहमन्त्रीले रेग्मीको बचाउ गरेका हुन् ।
सरकारले सवै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर मंसिरको पहिलो हप्ता भित्रै चुनाव गराउने तयारीमा रहेको उनले बताए । ‘सरकारले आफ्नो हिसावले मिति घोषणा गर्ने नभई सबै राजनीतिक दलहरुसंग छलफल गरेर मात्र मिति घोषणा हुन्छ,’ उनले भने ।
गृहमन्त्री घिमिरेले आन्दोलनरत दलहरुसँग औपचारीक/अनौपचारीक दुवै तरिकाले सम्वादमा अघि बढिरहेको बताए ।

प्रतिक्रिया