सरकारले आयू लम्वाउन खोजको छ : रायमाझी

top bdअर्घाखाँची, १६ जेठ । एमाओवादीका नेता टोपबहादुर रायमाझीले वर्तमान सरकारले निर्वाचनको तयारी भन्दा पनि आफ्नो आयू लम्वाउन क्रियाशील रहेको आरोप लगाएका छन् ।
गृह जिल्ला अर्घाखाँचीमा आज (बिहीबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा रायमाझीले खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले दाया/बाया नगरेर निर्वाचनको तयारीमा लाग्नु पर्ने बताए । ‘निर्वाचन गराउन नसके मसिंरपछि यो सरकारको औचित्य समाप्त हुन्छ,’ उनले भने, ‘निर्वाचन हुन नसके मंसिरपछि विकल्प खोज्छौं ।’
आन्दोलनरत दलहरुलाई वार्ता मार्फत चुनावमा सहभागी गराउन प्रमुख दलका शीर्ष नेताहरु लागेको बताएका उनले सरकारले पनि वार्ता र सम्वादलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको उल्लेख गरे ।
एमाओवादी नेता रायमाझीले पूर्व राजा ज्ञानेन्द्र शाहले पनि निर्वाचनमा भाग लिन सक्ने बताए । ‘प्रजातन्त्रमा जो कोही पनि निर्वाचनमा भाग लिन पाउछ,’ उनले भने, ‘पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि त्यो छुट छ ।’

प्रतिक्रिया