कुरा अर्कै छ एनटिभी २ मा

Kura-Arkai-Parechhaकाठमाडौं : पूर्वेली रंगकर्मीहरूको अभिनयमा टेलिचलचित्र ‘कुरा अर्को छ’ निर्माण भएको छ । टेलिचलचित्रका निर्देशक माधव कल्पित छन् । नाटक अभिनय तथा निर्देशन गर्दै आएका कल्पितको यो पहिलो टेलिचलचित्र हो ।
क्षितिज नाट्य समूहको निर्माण रहेको ‘कुरा अर्कै छ’ यही जेठ २४ गतेदेखि एनटिभी प्लसबाट प्रसारण हुने मंगलबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । मोफसलको झापा, इलाम, मोरङलगायत छायांकन गरिएको ‘कुरा अर्कै छ’ ३२ तयार छ । यस टेलिचलचित्रको जानकारी गर्नकै लागि झापाबाट निर्देशक कल्पितसँगै केही कलाकार टोली राजधानी आएका छन् ।
प्रत्येक शुक्रबार राति साढे ८ बजे प्रसारण हुने ‘कुरा अर्कै छ’ मा आमनागरिकले व्यहोर्नुपरेको सास्ती, महँगी तथा दण्डहीनतालाई उजागर गरिएको निर्देशक कल्पितले बताए । टेलिचलचित्रमा राजकुमार भट्टराई, गजेन्द्र पृथक, माधव सिटौला, हरि भण्डारी, गोमा खतिवडा, मोहनप्रसाद भट्टराई, दिलकुमारी थपलिया, टीकाराम खरेललगायत पूर्वेली रंगकर्मीको अभिनय छ । (सौस)

प्रतिक्रिया