महिलाहरुले लिए आत्मसुरक्षा तालिम

balatkar 1काठमाडौं, १५ जेठ । ‘सुरक्षित र स्वतन्त्र समाजका लागि आत्मसुरक्षा’ भन्ने नाराका साथ महिला सशक्तिकरण नेपालले महिलाहरुलाई आत्मसुरक्षासम्बन्धि तालिम दिएको छ ।
बुधवार राजधानीमा आयोजित कार्यशाला गोष्ठीमा सहभागीलाई आत्मसुरक्षाको कमीले महिला हिंसाका घटनाहरुमा बढोत्तरी भएका विषयमा तालिम दिईएको हो ।
शारीरिक रुपमा महिला कमजोर हुने भएकाले पनि महिला हिंसाको शिकार हुनुपरेको तालिममा जानकारी गराईएको थियो ।
आत्मसुरक्षा तालिम सिकेपछि अरुलाई पनि सिकाउन सकिने भएकाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताईन् ।
महिला अधिकारकर्मी ईन्दिरा रानामगरले आत्मसुरक्षासम्बन्धि तालिमलाई देशव्यापी बनाउनुपर्ने बताईन् ।
सार्वजनिक यातायात, सडक, कार्यालय होस् वा घर हरेक ठाउमा महिला लैंगिक हिसांको शिकार हुनुपर्ने भएकाले आत्मसुरक्षा तालिमको सुरुवात गरेको महिला सशक्तिकरण नेपालकी अध्यक्ष रश्मिला प्रजापतिले बताइन् ।

प्रतिक्रिया