पूर्व सांसद पोखरेलले पनि एमाले छाडे

Sun-Umlकाठमाडौं, १५ जेठ । रामचन्द्र झा, उर्मिला अर्याललगायतका नेताहरुले पार्टी परित्याग गरेको केही सातावित्न नपाउँदै गुल्मी क्षेत्र नम्वर–३ का पूर्व सांसद टंकप्रसाद पोखरेले पनि एमाले छाडेका छन् ।
पूर्व सांसद पोखरेलले आज (बुधबार) विज्ञप्ति जारी गरेर एमाले परित्याग गरेको जनाएका हुन् । गुटबन्दी, सैद्धान्तिक विचलन, दक्षिणपन्थी साँठगँठ र क्रान्तिकारी तथा प्रतिबद्ध नेताकार्यकर्ताको पलायनका कारण अव एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने सिद्ध भएको उनले आरोप लगाए ।
‘यस्तो अवस्थामा अझै एमालेमा बसिरहनु जनतालाई भ्रमित पार्नु तथा कम्युनिष्ट आन्दोलनलाई धोका दिनु हुनेछ,’ उनले भनेका छन्, ‘म आजका मिति देखि नेकपा (एमाले) परित्याग गर्दछु ।’
‘विडम्बना एमाले नेतृत्व त्यसतर्फ लाग्नुको सट्टा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुसँगको साँठगाँठ तर्फ उन्मुख भएको देखिन्छ,’ पूर्व सांसद पोखरेलले आरोप लगाएका छन् ।
पोखरेलले २०२५ सालदेखि भारत प्रवास विद्यार्थी आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय हुँदै राजनीति गरेका थिए ।

प्रतिक्रिया